दाङमा सिडियो कार्यालयमा कार्यरत एक कर्मचारीमा कोरोना देखीयो

तुलसीपुर, १६ भदौ ।

दाङमा जिल्ला प्रशासन कार्यालयमा कार्यरत एक कर्मचारीमा समेत कोरोना संक्रमण देखीएको छ ।कार्यालयले जारी गरेको सुचनामा कार्यालयका एक कर्मचारीमा कोरोना देखीएको उल्लेख गरिएको छ । कोरोना माहामारीको संक्रमण फैलिरहेको अवस्थामा प्रशासन कार्यालयका कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको जारी सुचनामा उल्लेख गरिएको छ ।

साथै कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि कार्यालयबाट प्रदान गरिने शान्ती सुरक्षा र मुद्धा लगाएतका अत्यावश्यक सेवा बाहेक अन्य सेवा अर्को सुचना जारी नभएसम्मका लागी बन्द गरिएको जनाईएको छ ।

बुधवार देखी ती सेवा बन्द हुनेछ प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालको हस्ताक्षरितद्धारा जारी सुचनामा उल्लेख गरिएको छ । ती कर्मचारीमा कोरोना संक्रमण देखीएको हो । जिल्ला प्रशासन कार्यालय स्रोत अनुसार उनी बिदामा बसेको समयमा चितवन गएको र त्यहि कोरोना परिक्षण गर्दा संक्रमण पुष्टि भएको हो ।

प्रकाशित मिति : २०७७ भाद्र १६ गते मङ्गलवार
प्रतिक्रिया