४ वर्षीया बालिकासहित २४ घण्टामा कोरोनाबाट थप ७ जनाको मृत्यु

काठमाडौँ — कोरोना संक्रमणबाट २४ घण्टामा थप ७ जनाको मृत्यु भएको भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मृत्युको औपचारिक रुपमा पुष्टि गर्दै मृतकहरूमा ३ जना महिला र ४ जना पुरुष रहेको बताएको छ ।

मन्त्रालयका अनुसार महोत्तरीकी ४ वर्षीया बालिकासहित गोरखाकी ६५ वर्षीया र रुपन्देहीकी ६८ वर्षीया महिलाको मृत्यु भएको हो ।

त्यसैगरी झापाका ८६ वर्षीय, रौटहटका ४० वर्षीय , चितवनका ७८ वर्षीय र भक्तपुरका ७७ वर्षीया पुरुषको कोरोना संक्रमणले मृत्यु भएको छ ।  यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२८ पुगेको छ ।

प्रकाशित मिति : २०७७ भाद्र १५ गते सोमवार
प्रतिक्रिया