मेयर शाक्यदेखि डाक्टर भोलालाई कोरोना संक्रमण

काठमान्डौ, १५ भदौ । काठमान्डौमा मेयरदेखि डाक्टर भोला दम्पतिलाई कोरोना संक्रमण देखिएको छ । पीसीआर परीक्षणका क्रममा वरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. भोला रिजालको दम्पतिलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

उनीसहित पत्नी डा. सरला घिमिरे उपचारका लागि धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा भर्ना भएका छन् । त्यसैगरी काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना  भाइरस संक्रमण देखिएको छ ।

कोरोना संक्रमण देखिएपछि उनी आफ्नै निवासमा होम आइसोलेसनमा बसेको उनको सचिवालयले जनाएको छ । उनको आज कोरोना पोजिटिभ भएको थियो ।

प्रकाशित मिति : २०७७ भाद्र १५ गते सोमवार
प्रतिक्रिया