सरकारी अस्पताल सरह सेवा प्रवाह गर्ने सिटी हस्पिटलको प्रतिवद्धता, नगर प्रमुख पाण्डेद्धारा निरीक्षण

तुलसीपुर, १४ भदौ । तुलसीपुरमा क्षेत्रमा रहेका केहि निजी हस्पिटल मध्य सिटी हस्पिटलले बिरामीको चापलाई मध्यनजर गर्दै सरकारी सेवा सुविधा सरह सेवा प्रवाह गर्ने प्रतिवद्धता जनाएको छ । अस्पताल व्यवस्थापन समितिको आकस्मिक बैठकले बिरामी भर्ना, ल्याव, एक्सरे सकारकारी दररेटमै गर्ने भएको छ भने डाक्टरले गर्ने चेकजाँचको शुल्क मिनाह गरेको छ ।

यस अघि डाक्टरको शुल्क साढे तीन सय रुपैयाँ लिने गरेको थियो । २५ शैयाको यस अस्पतालमा बिरामी भेट्ने आउने र कुरुवाका लागि छुट्टै व्यवस्था गरिएको छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बिमल रिजालले अस्पतालमा कार्यरत डाक्टर र स्वास्थ्यकर्मीहरुलाई उच्च मनोबलका साथ काम गर्न निर्देशन दिएका छन् ।

नगर प्रमुख पाण्डेद्धारा हस्पिटलको निरीक्षण

यसैविच तुलसीपुर उपमहागनरपालिका नगर प्रमुख घनश्याम पाण्डेले आइतबार सिटी हस्पिटलको निरीक्षण गर्दै बिरामीलाई सहजरु रुपमा सेवा प्रवाह गर्न आग्रह गरेका छन् ।

राप्ती प्रादेशिक अस्पताल सिल भएपछि सर्वसाधारण नागरिकको भिडभाड निजी क्लिनिक र हस्पिटलमा हुने भएकाले माहामारीको समयमा मानवीय संवेदनालाई ख्याल गरेर उपचारमा लाग्न नगर प्रमुख घनश्याम पाण्डेले सबैमा अपिल गरेका हुन् ।

२ जना डाक्टर सहित ९ जनामा कोरोना देखिएपछि राप्ती प्रादेशिक अस्पताल शनिबार बेलुकीदेखि सिल भएको छ । ‘ दुःख , पिडा, र महामारीको विपतमा मानविय संवेदनलाई हामीले ख्याल गरेर उपचार गर्नुपर्छ,’ यस्तो अवस्थामा पैसा मात्रै भन्दा पनि सामाजिक सेवा र भावनालाई पनि जोड दिनुपर्छ । त्यही भएर हामी मानव भएका हौ ।’ पाण्डेले भने । प्रादेशिक अस्पतालमा दैनिक २ सय ८० देखि ३ सय ५० जना सम्म उपचार सेवा लिन आउने गरेका थिए ।

प्रकाशित मिति : २०७७ भाद्र १४ गते आइतवार
प्रतिक्रिया