दाङमा नेपाल बैंकका एक कर्मचारीमा कोराना देखियो, बैंक र बजार क्षेत्र शिल

सिसहनियाँ १४ भदौ ।

दाङ देउखुरीको सिसहनियाँमा रहेको नेपाल बैंक लिमिटेड शाखा कार्यालय सिसहनियाँका एक कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । राप्ती गाउँपालिका वार्ड नम्बर ५ सिसहनियाँ बजारमा रहेको उक्त बैंकका एक पुरूष कर्मचारीमा कोरोना संक्रमण देखिएको हो ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको स्वाब परिक्षणका क्रममा क्यास काउन्टरमा कार्यरत घोराही उपमहानगरपालिका १० नारायणपुरका ३० बर्षीय एक पुरूषमा कोरोना संक्रमण पुष्टि भएको प्रतिष्ठानले जनाएको छ ।

संक्रमण देखिएका पुरूषमा ज्वरो र टाउको दुख्ने समस्या भएपछि कन्ट्याक ट्रेसिङको आधारमा स्वाब संकलन गरी परिक्षण गर्दा संक्रमण देखिएको राप्ती गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण रावतले जानकारी दिएका छन् । कर्मचारीमा कोरोना संक्रमण देखिएपछि बैंकलाई पुर्ण रूपले शिल गरिएको छ भने सिसहनियाँ बजार क्षेत्रलाई पनि शिल गरिएको छ ।

प्रकाशित मिति : २०७७ भाद्र १४ गते आइतवार
प्रतिक्रिया