नेपालमा मृत्यु हुनेको संख्या २१५ पुग्यो

काठमाडौ, १४ भदौ ।

कोरोना भाइरस (कोभिड(१९) को संक्रमणबाट एकैदिन २० जनाको मृत्यु भएको पुष्टि भएको छ । पर्सा र महोत्तरीका ३÷३ जना, काठमाडौं, भक्तपुर र ललितपुरका २÷२ जना, सिराहा, पाल्पा, कास्की, गोरखा, बारा, मोरङ, रौतहट र नवलपुरका एकएक जनाको पनि मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसख्या मन्त्रालयले भने शनिवार दिउँसो नियमित प्रेस ब्रिफिङका क्रममा १२ जनाको मृत्यु भएको भनेको छ । यसमा महोत्तरीका ३, पर्सा, बारा, मोरङ, रौतहट र नवलपुरका एकएक जनाको तथ्यांक जोड्न बाँकी छ ।यो संगै नेपालमा संक्रमणकै कारण मृत्यु हुनेको संख्या २१५ पुगेको छ ।

प्रकाशित मिति : २०७७ भाद्र १४ गते आइतवार
प्रतिक्रिया