तुलसीपुरमा सुत्केरी, गर्भवती र दिर्घरोगीलाई चामल र अण्डा

तुलसीपुर, १३ भदौ ।

तुलसीपुरमा रहेको दलित महिला संघ जिल्ला शाखा दाङले नामसालिङ सामुदायिक विकास केन्द्रको सहयोगमा सुत्केरी,गर्भवती महिला र दिर्घरोगीलाई शनिवार चामल र अण्डा वितरण गरेको छ । बन्दाबन्दीका कारण रोजगारी गुमाएर समस्या परेका र ज्याला मजदुरी गर्न नसक्ने घरपरिवारलाई राहत स्वरुप खाद्यन्न वितरण गरेको संख्याका अध्यक्ष युवा कराराले बताएका छिन् ।बन्दाबन्दीका कारण खासगरी सुत्केरी, गर्भवती महिला र दिर्घरोगीका विरामीहरुलाई पौष्टिक आहाराको आबश्यक पर्ने भएकाले आफुहरुले प्रति घरपरिवार २५ केजी चालम र अण्डा एक क्यारेटका दरले वितरण गरेको अध्यक्ष कराराले बताएकी छिन् ।

उनका अनुसार त्यस्ता लक्षित बर्ग धेरै भएपनि आफुहरुले सिमित बजेटका कारण तिन महिनाकी सुत्केरी महिलालाई विशेष प्राथमिकता दिईएको हो ।कोरोना माहामारीकै कारण फेरी पनि जिल्लामा लकडाउन घोषणा गरिएको हुदा उनीहरुलाई पौष्टिक आहार वितरण गरिएको हो । पौष्टिक आहारले रोगप्रतिरोधात्मक क्षमता बढाउने भएकाले अण्डा वितरण गरिएको संस्थाकी अध्यक्ष कराराको भनाई छ ।बन्दाबन्दीका कारण समस्यामा परेका मजदुरहरुलाई श्रम गर्ने व्यवस्था भएता पनि श्रम गर्न नसक्नेहरुका लागी राहातको आबश्यक रहेको उनले बताएकी छिन् ।

साथै अध्यक्ष कराराले कोरोनाबाट बच्न हरेक नागरिकले स्वास्थ्य सुरक्षा अपनाउन सवैलाई आग्रह समेत गरेकी हुन् । उपस्थित सवैलाई मास्क लगाउन,सावुनपानीले हात धुने र स्यानीटाईजर प्रयोग गर्न आग्रह गरिएको हो ।संस्थाले तुलसीपुरका १५ र दंगीशरणका २ जना गरी १७ जनालाई जनही एक बोरा चामल र अण्डा एक क्यारेट वितरण गरेको संस्थाका कार्यक्रम संयोजक पोषण सेन्चुरीले जानकारी दिएका छन् ।संस्थाले विशेषगरी आफु मातहतका समुहलाई प्राथमिकता दिएर लक्षित वर्गको पहिचान गरेको हो ।संयोजक सेन्चुरीका अनुसार भोली आईतवार घोराहीका ५ घरपरिवारलाई खाद्यन्न वितरण गरिनेछ ।

प्रकाशित मिति : २०७७ भाद्र १३ गते शनिवार
प्रतिक्रिया