नेपाल आइडलको विजेता बनिन् सज्जा

काठमाडौं । चर्चित नेपाल आइडल सिजन–३ को विजेता सज्जा चौलागाईँ बनेकी छिन् । शुक्रबार भएको ग्रान्ड फिनालेमा प्रवीण बेडुवाल र किरण कुमार भुजेललाई पछि पार्दै सज्जाले उपाधी हात पारेकी हुन् ।

सज्जाले टाइटलसँगै नगद ५० लाख रुपैयाँ प्राप्त गरिन् । फष्ट रनरअप प्रविण वेडुवाल बनेका छन् । किरणले सेकेन्ड रनरअपमा चित्त बुझाएका छन् । उनीहरुले क्रमशः १० लाख र ५ लाख रुपैयाँ प्राप्त गरेका छन् ।

प्रकाशित मिति : २०७७ भाद्र १२ गते शुक्रवार
प्रतिक्रिया