प्युठानमा एक हप्ता लकडाउन गरियो

दाङ, १२ भदौ ।
प्यूठानमा समुदायस्तरमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि विहिवार राती १२ बजेदेखी लागु हुने गरी एक हप्ता सम्मका लागी लकडाउन गरिएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन समिति (डिसिसिएमसी) को विहिवार बसेको बैठकले राति १२ बजेदेखि लागू हुने गरी आगामी भदौ १८ गते राती सम्म लकडाउन गर्ने निर्णय गरेको छ ।

यो अवधिमा अत्यावश्यक सवारी साधनहरु एम्बुलेन्स, सन्चारकर्मी, दूधजन्य गाडीबाहेक सबै यातायातका साधन सन्चालनमा रोक लगाईएको छ । बन्दाबन्दीको अवधीमा अत्यावश्यक खाद्यान्न पसल, तरकारी पसल र डेरी बिहान ७ बजेदेखि ९ बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म खोल्न दिने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिए ।

जिल्लाका नागरिकहरुलाई अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन अपिल गरिएको छ । जिल्लाका अत्यावशयक कामका लागी कार्यालय खल्ला गर्न दिईनेछ । बाहिरी जिल्लाबाट प्रवेशमा रोक लगाईएको छ ।

प्रकाशित मिति : २०७७ भाद्र १२ गते शुक्रवार
प्रतिक्रिया