तुलसीपुर खबर डटकमको प्रबन्ध निर्देशकमा बरिष्ठ पत्रकार रेग्मी

तुलसीपुर, ११ भदौ । दाङको तुलसीपुरबाट संचालन हुँदै आएको डिजिटल पत्रीका  तुलसीपुर खबर डटकमको प्रबन्ध निर्देशकमा बरिष्ठ पत्रकार प्रबल रेग्मीलाई नियुक्त गरिएको छ । थर्कोट मिडिया प्रालिका अध्यक्ष अनुप पाण्डेको अध्यक्षतामा बसेको बैठकलले बरिष्ठ पत्रकार रेग्मीलाई तुलसीपुरखबर डटकमको प्रबन्ध निर्देशकमा नियुक्त गरेको हो ।

२०५४ भदौ ३१ गतेदेखि काठमान्डौबाट प्रकाशित हुँदै आएको जनआश्था साप्ताहिकबाट पत्रकारिताको सुरुवात गरेका रेग्मीले दाङबाट प्रकाशित हुँदै आएको नयाँ युगबोध दैनिकमा ५७  सालदेखि २०७६सम्म  आवद्ध भएका थिए ।

रेग्मीले नयाँ युगबोध दैनिकको तुलसीपुरमा शाखा प्रमुख भएर करिब १९ बर्ष काम गरिसकेका छन् ।  बरिष्ठ पत्रकार रेग्मीले विगतमा राजनीति र विकास निर्माणमा बढी चासो दिएर समाचार लेख्ने गर्थे । उनि आएपछि अनलाइनको स्तरीयता, गुणस्तर र व्यवस्थापनमा सहयोग पुग्ने थर्कोट मिडिया प्रालिले अपेक्षा गरेको छ ।

प्रकाशित मिति : २०७७ भाद्र ११ गते बिहिवार
प्रतिक्रिया