तुलसीपुर र घोराहीमा छिटै कन्ट्रयाक्ट ट्रेसिङ गर्न अनुरोध

दाङ, ११ भदौ । दाङमा कोरोना भाईरस संक्रमणको जोखिम बढ्दो रहेको छ । विशेषगरी तुलसीपुर र घोराही क्षेत्रमा समुदाय स्तरमै कोरोना संक्रमण फैलिन थालेको छ । जसले गर्दा ती दुई पालिका स्तरमा झनै जोखिम बढेको स्वास्थ्य कार्यालय दाङले जनाएको छ । कोभिड १९ दाङका फोकल पर्सन कमल चन्दले तुलसीपुर र घोराहीमा चाडै नै कन्ट्रयाक्ट ट्रेसिङ गर्न सम्वन्धित पालिकाका स्वास्थ्य कर्मीहरुलाई अनुरोध गरेका छन् । बुधवार घोराहीका ९ जना र तुलसीपुरका ७ जनामा कोरोना देखीएको छ ।

जसमा घोराहीका ९ जना मध्ये अधिकांस वैंकका कर्मचारी रहेका छन् भने तुलसीपुरका ७ जना मध्ये ३ जना क्वारेन्टाइनमा बसेका व्यक्ति, १ जना स्वास्थ्यकर्मि ,१ जना सरकारी कार्यालयका सवारी चालक र २ जना अन्य नागरिकमा कोरोना देखीएको हो । घोराही र तुलसीपुरमा समुदाय स्तरमै कोरोना फैलिन थालेपछि जोखिम बढेको फोकल पर्सन भन्दले बताएका छन् । उनले सामाजिक सन्जाल आफनो फेसबुक मार्फत जिल्लाको कोरोना विवरण सहित यस्तो उल्लेख गरेका छन् ।

यी दुई पालिकामा अव जति सक्यो चाडै कन्ट्रयाक्ट ट्रेसिङ गर्न पालिकामा कार्यरत स्वास्थ्य कर्मीहरुलाई आग्रह गरेका छन् । उनीहरुको विवरण तयार गरी क्लोज कन्ट्रयाक्टमा आएका व्यक्तिहरूको पोजेटीभ व्यक्तिसंग सम्पर्कमा आएको छैठौ दिनमा स्वाव संकलन गरी सक्ने उनले आग्रह गरेका छन् । साथै उनले बुधवार दाङमा संक्रमण पुष्टि भएका व्यक्तिहरु मध्ये केहिमा कोरोना लक्षण समेत देखा परेको भन्दै सुरक्षित रहन अपिल गरेका छन् । जिल्लामा हाल सम्म संक्रमितको संख्या ७४७ पुगेको स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।

प्रकाशित मिति : २०७७ भाद्र ११ गते बिहिवार
प्रतिक्रिया