आँखा अस्पताललाई नमुना अस्पताल बनाउनुपर्छ : महरा

तुलसीपुर, १० भदौ ।

पूर्व सभामुख कृष्णबहादुर महराले राप्ती आँखा अस्पताललाई नमुना अस्पतालको रुपमा विकास गर्नुपर्ने बताएका छन् । अस्पतालको निरीक्षणपछि भएको छलफल कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य समेत रहेका महराले राप्तीको मोडेल अस्पतालको रुपमा विकास गरी यहाँका जनतालाई आँखा सम्बन्धी सबै सेवा प्रवाह हुनेगरी विकास गर्नुपर्ने बताए ।

उनले नेपाल नेत्रज्योति संघ अन्र्तगत सञ्चालित आँखा अस्पतालले दिँदै आएको सेवा र उपचार प्रविधिबाट आफू प्रभावित भएको भन्दै यस अस्पताललाई साधन स्रोत सम्पन्न गराउन सबै लाग्नुपर्ने बताए । पुर्व सभामुख महराले अस्पतालको भौतिक तथा औजार उपकरणको लागि आफूले सहयोग गर्ने समेत बताए ।

उनले राज्य तथा अन्य दातृ निकायहरुसँग अस्पतालको विकासका लागि पहल गर्ने बताए । ‘यस अस्पताललाई साधन स्रोत तथा भौतिक निर्माण गरी नमुना अस्पताल गराउन मेरो राज्य तथा दातृ निकायहरुसँग पहलकदमी हुनेछ’, महराले भने । उनले आफूले विभिन्न समयमा राप्ती आँखा अस्पतालमा उपचार सेवा लिने गरिएको भन्दै यहाँबाट प्रवाह गर्ने सबै सेवा उत्कृष्ट भएको भन्दै चिकित्सक तथा व्यवस्थापन पक्षलाई धन्यवाद समेत दिए । ‘

प्रकाशित मिति : २०७७ भाद्र १० गते बुधवार
प्रतिक्रिया