नियमित अदुवा पानी पिउदा के फाईदा हुन्छ ?

अदुवा, यसको प्रयोग साधारणत तरकारी, मसला र औषधिको रूपमा आउँछ। यसको गानो रेशादार हुन्छ। जति कम रेशा भयो अदुवा त्यति नै राम्रो मानिन्छ।

अदूवाको एउटा सानो टुक्रालाई लिएर राम्रोसँग पिस्ने अनि एउटा भाँडोमा पानी राखेर उमाल्नुस र यसमा अदुवा हालेर उमाल्ने । अनि, यसलाई छान्नुपर्छ र मनतातो बनाएर अदुवा पानी पिउनुपर्छ ।

यसले रुघा, खोकीका ठिक हुनुका साथै राम्रो पाचनका लागि पनि उपयोगी हुन्छ । साथै यसले पेटको बोसो कम गर्नुका साथै शरीरको तौललाई पनि नियन्त्रणमा राख्छ ।

यस्तै,

नियमित अदुवापानीको सेवनले पाचनप्रणाली राम्रो हुन्छ

अदुवा पानीले शरिरमा पाचन गराउने जुसको मात्रा बढाँउछ । यसले खाना छिटो पचाउन सहयोग गर्छ ।

तौल घटाउँन मद्दत गर्छ

अदुवाको पानी पिउनाले शरिरमा मेटाबोलिजम सुधार हुन्छ । यस्तोमा बोसो छिटो पग्लन्छ र तौल घटाउन सजिलो हुन्छ ।

सुगर नियन्त्रणमा रहन्छ

अदुवापानी पिउनाले शरिरको रगतमा सुगर लेभल नियन्त्रण हुन्छ । यसले डायबिटिज नियन्त्रण गर्छ ।

मांशपेशीको दुखाई कम हुन्छ

अदुवाको पानी पिउनाले शरिरमा रक्त सञ्चारमा सुधार आँउछ । यसले माशंपेशीमा आराम हुन्छ र माशंपेशीको दुखाई कम हुन्छ ।

क्यान्सर बाट बचाँउछ

अदुवामा एन्टी क्यान्सर तत्व पाइन्छ । यसको पानी नियमित पिउनाले फोक्सो, प्रोस्टेट, ब्रेस्ट, लगाएतका धेरै थरी क्यान्सरहरुबाट बचाँउछ ।

मुटु पोल्न कम हुन्छ

खाना खाएको २० मिनेट पछि एक कप अदुवापानी पिउनुहोस । यसले शरिरमा एसिडको मात्रा कन्ट्रोल गर्छ र मुटु पोल्ने समस्या कम हुन्छ ।

प्रकाशित मिति : २०७७ भाद्र ९ गते मङ्गलवार
प्रतिक्रिया