कोरोना संक्रमणबाट कांग्रेस नेताको मृत्यु

काठमान्डौ, ९ भदौ । कोरोना भाइरसको संक्रमणबाट उपचारत कांग्रेस नेताको मृत्यु भएको छ । नेपाली कांग्रेस काठमाडौं महानगरपालिका–२१ का सभापति गोविन्द रञ्जितको मृत्यु भएको हो ।

रञ्जितलाई २९ साउनमा कोरोना संक्रमण पुष्टि भएको थियो । ३१ गते सशस्त्र प्रहरी अस्पतालको आईसीयूमा उपचार भइरहेकोमा अवस्था जटिल बन्दै गएपछि ३२ साउनदेखि उनलाई भेन्टिलेटरमा राखिएको थियो ।

वसन्तपुर घर भएका उनको मृत्यु भएको सशस्त्र प्रहरी अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : २०७७ भाद्र ९ गते मङ्गलवार
प्रतिक्रिया