उपचार गराइरहेका २ जना कोरोना संक्रमितको मृत्यु

काठमान्डौ, ८ भदौ । कोरोना संक्रमणका कारण सोमबार ललितपुरको पाटन अस्पतालमा २ जनाको मृत्यु भएको छ । जिल्ला स्वास्थ कार्यालय ललितपुरका अनुसार काठमाडौं र धनुषाका २ पुरुषको मृत्यु भएको हो ।

६ भदौमा अस्पतालमा भर्ना भएर उपचार गराइरहेका काठमाडौका ७४ वर्षका पुरुषको मृत्यु भएको हो । त्यस्तै, २५ साउनदेखि उपचाररत धनुषाका ७६ वर्षीय पुरुषको पनि मृत्यु भएको हो ।

 

प्रकाशित मिति : २०७७ भाद्र ८ गते सोमवार
प्रतिक्रिया