प्रदेश पाँचमा प्लाज्मा थेरापी सेवा सुरु

दाङ, ८ भदौ ।
लुम्बिनी प्रदेशिक अस्पतालद्वारा संचालित बुटवल कोरोना विशेष अस्पतालमा सोमवार देखि प्लाज्मा थेरापी सेवा सुरु भएको छ । कोरोना अस्पतालमा उपचारत कोरोना सङ्क्रमित बिरामीहरुलाई प्लाज्मा थेरापी विधिबाट उपचार गर्न सेवा सुरु भएको अस्पालतका फोकल पसर्न डा.सुर्दशन थापाले जानकारी दिए ।

यो विधिले रोगप्रतिरोधी क्षमता एन्टिबडी विकास भएका मानिसको रगतमा भएको प्लाज्मा बिरामीको शरीरमा पठाई रोगविरुद्ध लड्न सक्ने बनाउने बताइन्छ । बुटवलको कोरोना विशेष अस्पतालमा यो विधिको सेवा सुरु भएको यो प्रदेश ५ मै पहिलो हो । बिरामीले बुटवलको कोरोना अस्पतालका सबै बेड भरिएका छन् ।

आईसीयूमा १४ जना र आइसोलेसनमा २३ जना रहेका छन् । अब यो सेवा शुरु भएपछि कोरोना सङ्क्रमणबाट जटिल अवस्थामा पुगेका विरामीलाई पनि बचाउन सक्ने विश्वास लिइएको डा. थापाले बताए ।प्लाज्मा थेरापी कुनै पनि रोगप्रतिरोधी क्षमता (एन्टिबडी) विकास भएका मानिसको रगतमा भएको प्लाज्मा बिरामीको शरीरमा पठाई बिरामीलाई रोगविरुद्ध लड्न सक्ने बनाउने अभ्यास हो ।

प्रकाशित मिति : २०७७ भाद्र ८ गते सोमवार
प्रतिक्रिया