लक्ष्मी बैंकका ३ जना कर्मचारीमा कोरोना

तुलसीपुर, ८ भदौ / घोराहीको  लक्ष्मी बैंकमा कार्यरत ३ जना कर्मचारीमा कोरोना पोजेटिभ देखिएको छ ।

बैंकको एक्सटेन्सन काउण्टरमा कार्यरत दुई पुरुष र एक जना महिला कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो ।  ज्वरो आएपछि उनिहरुमा गरिको पिसिआर परीक्षणमा कोरोना पोजेटिभ देखिएको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानले जनाएको छ । कर्मचारीमा कोरोना देखिएपछि बैंक बन्द गरिएको छ ।

प्रकाशित मिति : २०७७ भाद्र ८ गते सोमवार
प्रतिक्रिया