तुलसीपुरमा अवरुद्ध बनेको विद्युत साढे नौ घण्टा पछि सुचारु

तुलसीपुर , ७ भदौ ।

तुलसीपुर क्षेत्रमा अवरुद्ध बनेको विद्युत झन्डै साढे नौ घण्टा पछि सुचारु भएको छ । दिनभर अवरुद्ध भएको विद्युत बेलुकी साढे पाँच बजेदेखी सेवा सुचारु भएकोे छ । नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रको कार्यालय भित्र ११ केभीको सर्किट ब्रेकरमा समस्या आएपछि आईतवार आठ बजेदेखि आँखा अस्पताल अन्र्तगतको फिडर लाईन अवरुद्ध बनेको थियो ।

विहानै देखी मर्मत कार्य सुरु गरेता पनि सर्किट ब्रेकरमा जटिल समस्या आएको र मर्मत सकिएपछि साढे ५ बजे बजेतिर विद्यतु सुचारु भएको कार्यालयका प्रशासनिक प्रमुख युवराज विष्टले बताएका छन् ।

आँखा अस्पताल फिडर लाईनमा समस्या हुदा तुलसीपुर बजार क्षेत्रको ख लाईन, बेलुवा क्षेत्र र रक्षाचौर आँखा अस्पताल क्षेत्रमा दिनभर विद्युत सेवा अवरुद्ध बनेको थियो ।

प्रकाशित मिति : २०७७ भाद्र ७ गते आइतवार
प्रतिक्रिया