चार महिनाको अवधीमा चट्याङ लागेर ५२ जनाको मृत्यु

काठमाडौ, ६ भदौ ।
नेपालमा चट्याङ लागेर मात्र चार महिनाको अवधिमा ५० जनाभन्दा बढीको मृत्यु भएको छ । वैशाखयता भदौ ५ गते सम्मको तथ्याङक अनुसार चट्याङ लागेर ५२ जनाको मृत्यु भएको र एक सय ६५ जना घाइते भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार वैशाख १ गतेदेखि भदौ ४ गते साँझ सम्मको तथ्याङ्क अनुसार २ सय १७ जना चट्याङबाट प्रभावित भएका छन् । गत जेठ ३० गतेदेखि नेपालमा मनसुन सुरु भएको हो ।

मनसुन सुरु नहुँदै चट्याङबाट ३० जनाको मृत्यसु भइसकेको थियो भने मनसुन सुरु भएयता २२ जनाको मृत्यु भएको छ । वैशाख यता पहिरोबाट मात्र मृत्यु हुनेको सङ्ख्या २ सय २३ पुगेको छ । यस्तै पहिरोमा परि १ सय ८५ जना घाइते भएका छन् । यसै अवधिमा बाढीका कारण १४ जनाको मृत्यु भएको पनि प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : २०७७ भाद्र ६ गते शनिवार
प्रतिक्रिया