दाङमा तिन जनामा कोरोना संक्रमण पुष्टि

दाङ, ६ भदौ ।

दाङमा तिन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा शुक्रवार ६१ जनाको कोरोना परिक्षण गर्दा तिन जनाको रिपोट पोजेटिभ आएको हो ।

प्रतिष्ठानका अनुसार संक्रमित हुनेमा घोराही ६ की ३२ बर्षिया एक महिला, वडा नम्वर १५ बस्ने ३० बर्षिय एक पुरुष र वडा नम्वर १८ बस्ने २२ बर्षिय एक पुरुप रहेका छन् ।

घोराही उपमहानगरपालिकाको ५ जनाको परिक्षण गर्दा तिन जनाको रिपोट पोजेटिभ आएको हो । यो संगै ५८ जनाको रिपोट नेगेटिभ आएको छ । यस्तै लमहीबाट संकलित ४७ जना र प्युठान नौबहिनीबाट संकलित ९ जनाको रिपोट नेगेटिभ आएको छ ।

प्रकाशित मिति : २०७७ भाद्र ६ गते शनिवार
प्रतिक्रिया