कृष्ण मन्दिरमा अटो पल्टिदा ६ घाईते, ३ जनाको अवस्था गम्भिर

तुलसीपुर, ५ भदौ । कृष्ण मन्दिरमा अटो पल्टिदा ६ जना घाईते भएका छन् । घाईते मध्य ३ जनाको अवस्था गम्भिर रहेको ईलाका प्रहरी कार्यालय तुलसीपरले जानकारी दिएको छ ।

गम्भिर घाईते तुलसीपुर–९ बेलुवा निबासी २२ बर्षकी राधिका नेपाली, १८ बर्षकी संगिता नेपाली र शान्तिनगर गाउँपालिका –४ शान्तिपुर निबासी १६ बर्षका सुरज नेपालीलाई तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगंज रिफर गरिएको छ ।

त्यसैगरी तुलसपुर –५ बसपार्क निबासी २४ बर्षका राजेश नेपाली, राजन नेपाली, बर्ष ३६ का सुमन श्रेष्ठको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छत ।

तुलसीपुरबाट शान्तिनगर जाँदै गरेको रा१ह ३३२२ नम्बरको अटो तुलसीपुरको कृष्णमन्दिरमा अनियन्त्रीत भएर पल्टिदा दुर्घटना भएको थियो । अटो चालक दंगीशरण गाउँपालिका–४ बालापुर निबासी ३५ बर्षका रामप्रसाद गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटना राती सवा ८ बजे भएको थियो ।

प्रकाशित मिति : २०७७ भाद्र ५ गते शुक्रवार
प्रतिक्रिया