नेपालमा संक्रमितको संख्या ३० हजार नाघ्यो,मृत्यु हुनेको १३७ पुग्यो

काठमाडौ, ५ भदौ ।

नेपालमा कोरोनाको भयावह हुन थालेको छ । पछिल्नो समय दिनप्रतिदिन कोरोना संक्रमितको दर बढेको छ भने मर्नेको संख्या पनि दिनहु थपिएका छन् । शुक्रवार कोरोना सङ्क्रमितको सङ्ख्या ३० हजार नाघेको छ । वितेको २४ घण्टामा ८ सय ३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको कुल सङ्ख्या ३० हजार चार सय ८३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १३ हजार पाँच सय ७९ जनाको पीसीआर विधिमार्फत कोरोना परीक्षण गर्दा आठ सय ३८ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । यस्तै गएको २४ घण्टामा दुई सय ५० जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या १८ हजार दुई सय १४ पुगेको छ ।

अब नेपालमा १२ हजार एक सय ३२ जना सक्रिय सङ्क्रमित रहेका छन् । यस्तै १२ हजार दुई सय ३४ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । यस्तै गएको २४ घण्टामा ११ जनाको मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या एक सय ३७ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७७ भाद्र ५ गते शुक्रवार
प्रतिक्रिया