रोल्पामा बाढि र पहिरोबाट क्षति , १६ घर पहिरोको उच्च जोखिममा

दाङ, ५ भदौ ।

रोल्पामा बाढि र पहिरोले क्षति पु¥याएको छ । गएको बुधवार र विहिवार देखी परेको अविरल बर्षात कारण विभिन्न स्थानमा आएको बाढि र पहिरोले क्षति पु¥याएको पाँच नम्वर प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । परिबर्तन गाउँपालिका ३ बागमारा स्थित वडा नम्वर २ राङसी बस्ने मानसिंह खत्रीका पाँच वटा भैसी बुधवार राती बगाएको प्रहरीले बताएको छ ।

यस्तै अविरल बर्षातका कारण पहिरो जादा रोल्पा नगरपालिका ८ घरवासा स्थित चित्र बहादुर खत्रीको फुसले छाएको २ तले ३ कोठे घरगोठ बगाएको छ । जसमा मानविय क्षति नभएपनि पशुचौपाय गरी झन्डै ४५ हजार मुल्य बराबरको क्षति भएको प्रहरीले बताएको छ । यस्तै गरी नविन खत्रीको पनि घरगोठ बगाउदा पशुचौपाय मरेको र १५ लाख मुल्य बराबरको क्षति पुगेको छ ।

सोहि ठाउँका अन्य १६ घर पहिरोको उच्च जोखीममा रहेका छन् । ती घरपरिवारलाई अहिले सुरक्षित स्थानमा सारिएको प्रहरीले बताएको छ ।
रोल्पा गंगादेव ४ सुपाटोडके बस्ने टिकाराम डांगीको गोठ माथिबाट पहिरो आउदा एउटा गोरु मरेको बताईएको छ । सोहि गाउँपालिका वडा नम्वर ३ बस्ने भत्रि वलीको घर विहिवार दिउँसो बर्षातकै कारण पहिरो जादा भत्किदा पशुचौपायको क्षति भएको जनाईएको छ ।

यस्तैगरी माडि गाउँपालिका ५ ढाङ बस्ने ५० की हुमसरा बुढा घर भत्किदा सामान्य घाईते भएको प्रहरीले बताएको छ । उनी संगै मनिसा वुढा लगाएतका घाईते भएको प्रहरीले बताएको छ । साथै जिल्लाका अन्य विभिन्न स्थानमा पनि पहिरोले क्षति पु¥याएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७७ भाद्र ५ गते शुक्रवार
प्रतिक्रिया