अरिङगालकोे टोकाईबाट बालकको मृत्यु

दाङ, ५ भदौ ।

अरिङगालको टोकाईबाट प्युठानमा एक बालकको मृत्यु भएको छ । जिल्लाको झिम्रुक गाउँपालिका ६ दहखोला बस्ने १० बर्षिय बालकको विहिवार विहान अरिङगालको टोकाईबाट गम्भिर विरामी परेको उनको उपचारको क्रममा गएराती निधन भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

उनको जिल्ला अस्पताल बिजुवारमा उपचारको क्रममा निधन भएको हो ।

प्रकाशित मिति : २०७७ भाद्र ५ गते शुक्रवार
प्रतिक्रिया