सिमानाबाट १४ वटा बंगुर बरामद

दाङ, ५ भदौ ।

नेपाल भारत सिमानाबाट १४ वटा बंगुर बरामद गरिएको छ । बाँके डुडुवा गाउँपालिका १ खडैचा स्थित नेपाल भारतको सिमा नजिकै गएराती प्रहरीले चेकजाँच गर्दा १ लाख ४० हजार मुल्य बराबरको १४ वटा बंगुर बरामद गरिएको पाँच नम्वर प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

बरामद गरिएको बंगुर भन्सार कार्यालय नेपालगंज बाँकेमा बुझाईएको प्रहरीले बताएको छ । घटनाको विषयमा थप अनुसन्धान भईरहेको जनाईएको छ ।

प्रकाशित मिति : २०७७ भाद्र ५ गते शुक्रवार
प्रतिक्रिया