करेन्ट लागेर दिलकुमारीको मृत्यु

दाङ, ५ भदौ ।

करेन्टलागेर पाल्पामा एक महिलाको मृत्यु भएको छ । जिल्लाको रैनादेबि छहरा गाउँपालिका ६ खुनधारामा एक्कासी विद्युत सर्ट हुदा सोहि ठाउँ बस्ने २७ बर्षिया दिल कुमारी पुनको शुक्रवार विहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

सोहि घटनामा परि ५२ बर्षिय झमान सिंह पुन घाईते भएका छन् । शुक्रवार राती साढे एक बजेतिर घटना भएको हो । महिलाको युनाईटेड मिसन अस्पतालमा उपचारक्रममा विहान चार बजेतिर मृत्यु भएको हो ।

अर्का घाईते पुरुषको अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भईरहेको छ ।

प्रकाशित मिति : २०७७ भाद्र ५ गते शुक्रवार
प्रतिक्रिया