जन्मदिनको अवसरमा रक्तदान

तुलसीपुर, ४ भदौ । तुलसीपुरका एक व्यवासायीले आफनो जन्मदिनको अवसर पारेर रक्तदान कार्यक्रम सम्पन्न गरेका छन् । सामाजिक उत्तरदायीत्व अन्तर्गत तुलसीपुर चेम्बर अफ कमर्सका सचिव तथा युवा व्यवसायी ऋषीराज भण्डारीले आफ्नो जन्म दिनका अवसरमा तुलसीपुरमा रक्तदान कार्यक्रमको आयोजना गरेको जानकारी दिएका छन् ।

सो अवसरमा अमरक्षीत भण्डारी, तेज बिक्रम घर्ती, प्रेम प्रकाश गिरी, धिरज बस्नेत, सविन भण्डारी, आयुश पौडेल, भोला थापा, ऋषीराज भण्डारी, लगाएतले रक्तदान गरेका थिए । त्यसैगरी उनले सामाजिक सन्देश दिने खालका ३० वटा व्यानर सर्वसाधारण नागरिकको भढी भिडभाड हुने स्थानमा राखेका छन् ।

तुलसीपुर खानेपानी, मालमोत कार्यालय, तुलसीपुर उपमहानगरपालिका, बसपार्कको पिपल बोट, हात्तीखौवा, गुम्राह चोक, गोठी खोला लगाएतका स्थानमा सन्देशमुलक व्यानर राखिएको भण्डारीले जानकारी दिए ।  कार्यक्रममा प्रजातन्त्रीक उद्योग व्यवसायी संघका अध्यक्ष जनक प्रसाद खाराल, तुलसीपुर चेम्बर अफ कमर्सका अध्यक्ष टोपब हादुर घर्ती, सुक्षाकर्मी, पत्रकार, उद्योगी व्यवसायी लगाएतको सहभागिता रहेको थियाे ।

प्रकाशित मिति : २०७७ भाद्र ४ गते बिहिवार
प्रतिक्रिया