राष्ट्रिय झन्डा जलाउने मुख्य अभियुक्त तामाङसहित नौ जना पक्राउ

काठमाडौ,३ भदौ ।
म्युजिक भिडियो बनाउन नेपालको राष्ट्रिय झन्डा जलाउने मुख्य अभियुक्त ग्याल्जेन दोर्जे तामाङ सहित नौ जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीले सामाजिक सञ्जालमार्फत उक्त म्युजिक भिडियो बनाउने ग्याल्जोमसहित हालसम्म नौ जनालाई पक्राउ गरिएको जानकारी गराएको हो । युट्युबमा सार्वजनिक भएको ‘देशद्रोही’ बोलको गीत र भिडियोको चौतर्फी विरोध भएको थियो ।

भिडियोमा नेपालको झन्डा जलाइएको छ भने कुनै जाति विशेषलाई गाली गरिएको छ । गीतलाई ग्याल्जोम दोर्जे तामाङ ‘मंगोल ग्याल्जी’ले गाएका छन् । मंगोल हप नामको युट्युब च्यानलबाट गएको सोमबार सार्वजनिक भएको यो गीतलाई ग्याल्जीले नै लेखेका हुन् ।

भिडियोमा ढाका टोपी र झन्डाको अपव्याख्या गरिएको छ । भिडियोमा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, पृथ्वीनायारायण शाह लगायतको तस्बिरसमेत जलाइएको छ ।

प्रकाशित मिति : २०७७ भाद्र ३ गते बुधवार
प्रतिक्रिया