दाङमा १०३ जनाको रिपोट नेगेटिभ

दाङ,३ भदौ ।
दाङमा १०३ जनाको कोरोना संक्रमण परिक्षण रिपोट नेगेटिभ आएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मंगलवार पिसिआर विधिबाट गरिएको कोरोना परिक्षणमा सवैको रिपोट नेगेटिभ आएको प्रतिष्ठानले जनाएको छ ।कोरोना भाईरस संक्रमणको आसंकामा बबई गाउपालिकाबाट ८० जनाको नमुना स्वाव संकलन गरिएकोमा ७० जनाको पिसिआरबाट परिक्षण गरिएको थियो ।

उनीहरुको सवैको रिपोट नेगेटिभ आएको हो । यस्तै क्लिनिक प्रतिष्ठानमा संकलन गरिएको ३३ जनाको परिक्षण गर्दा सवैको रिपोर्ट नेगेटिभ आएको प्रतिष्ठानले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । उनीहरु सवै क्वारेन्टाईनमा बसेका व्यक्तिहरु भएको बताईएको छ ।
प्रतिष्ठानका अनुसार हाल सम्म दाङमा १६ हजार ४ सय १२ जनाको नमुना स्वाव संकलन गरिएको छ ।

जसमा १६ हजार २ सय ८३ जनाको पिसिआर विधिबाट कोरोना परिक्षण गर्दा ८ सय १८ जनाको रिपोट पोजेटिभ आएको हो । बाँकी अन्य १५ हजार ४ सय ६५ जनाको रिपोट नेगेटिभ आएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानमा अझै १ सय २९ जनाको परिक्षण गर्न बाँकी रहेको छ ।

प्रकाशित मिति : २०७७ भाद्र ३ गते बुधवार
प्रतिक्रिया