राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

काठमाडौँ — राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ । १ सय १ वर्षको उमेरमा आज साँझ ५ बजेर ५५ मिनेटमा निधन भएको उनका छोरा राजीव घिमिरेले जानकारी दिए ।

घिमिरेको जन्म विक्रम संवत १९७६ साल असोज ७ गते लमजुङको पुस्तुन गाउँमा भएको थियो ।

स्वर्गीय घिमिरेले विभिन्न साहित्यीक कृति लगाएत राष्ट्रिय गीत ’गाउँछ गीत नेपाली’ का साथै तारादेवीले गाएको ’मनको बाँध’ चलचित्रको ’फूलको थुङ्गा बगेर गयो’ तथा नारायणगोपालले गाएको ’आजै र राति के देखेँ सपना’जस्ता गीत पनि रचेका थिए ।

 

प्रकाशित मिति : २०७७ भाद्र २ गते मङ्गलवार
प्रतिक्रिया