कांग्रेस उपसभापति गिरीको कोरोनाबाट मृत्यु

काठमान्डौ । कोरोना भाइरसबाट संक्रमित नेपाली कांग्रेसका उपसभापतिको मृत्यु भएको छ ।  । मृत्यु हुनेमा नवलपरासी सुस्ता पश्चिम घर भएका नेपाली कांग्रेस नवलपरासीका जिल्ला उपसभापति ३८ वर्षीय सुवाशचन्द्र गिरी रहेको अस्पतालले जनाएको छ ।

ललितपुरको पाटन अस्पतालमा उपचाररत गिरीको  आज बिहान उपचारका क्रममा मृत्यु भएको पाटन अस्पतालले जनाएको छ । प्रादेशिक अस्पताल भैरहवामा २८ साउनमा कोरोना पुष्टि भएपछि उनी पाटन अस्पतालमा उपचार गराइरहेका थिए ।

बुटवलस्थित युनिभर्सल मेडिकल कलेजमा पित्तथैलीको अपरेशन गराएका उनको अपरेशन लगत्तै कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि परीक्षण गराउदा कोरोना पुष्टि भएको थियो ।

प्रकाशित मिति : २०७७ भाद्र २ गते मङ्गलवार
प्रतिक्रिया