दाङमा सुनको कारोवार ह्वातै घट्यो,सुनसान जस्तै सुनचाँदी पसल

तुलसीपुर २ भदौ ।

कोरोना जोखिमका बाबवजुद दाङका बजारहरुमा अत्याधिक चहलपहल बढेको छ । नेपाली नारीहरुको महान् चार्ड(हरितालिका) तिज आउन अब केहि दिन बाँकी रहदा प्रमुख बजारमा किनमेल गर्नेहरुको भिडभाड भएको देख्न सकिन्छ ।

जिल्लाको तुलसीपुर,नारायणपुर,घोराही,लमही,हाप्ुरे लगायतका बजारमा भिडभाड बढेको छ । खासगरी कपडा तथा फेन्सी पसल,श्रृङगार पसलमा भिड भएपनि सुनचाँदी पसलमा भने भिडभाड घटेको व्यापारीहरुले बताएका छन् । विगतका वर्षमा निकै भरीभराउ हुने तुलसीपुरका सुनचाँदी पसलहरु यस वर्ष सुनसान जस्तै देखिन्छन् । कोरोना माहामारीले निम्त्याएको संकट र सुनको भाउँ महंगिएपछि कोरोवारमा गिरावट आएको जय मातादी ज्वैर्लसका सन्चालक मदन केसीले बताएका छन् ।

दाङ तुलसीपुर सुनचाँदी व्यवसायी समितिका अध्यक्ष समेत रहेका केसीले सुनचाँदी पसलमा यस वर्ष चहलपहल ह्वातै घटेको बताएका छन् । विगतको तुलनामा यस वर्ष सुनको कारोवार अत्यन्तै न्युन मात्रामा भएको उनले बताएका छन् । यो समय सुनको व्यापार हुने सिजन भएता पनि यस वर्ष कारोवार नहुदा आफु फुर्सदमा रहेको उनको भनाई छ । विगतको जस्तो कारोवार हुन्थ्यो भने कुरा गर्ने फुर्सद नै हुदैनथ्यो उनले भने तर यस वर्ष कारोवार छैन ।

उनका अनुसार विगतको तुलनामा यस वर्ष चार भागमा एक भाग मात्रै सुनचाँदीको कारोवार भएको छ । यस्तै घोराही बजारमा पनि सुनचाँदीको कारोवार निकै कम भएको व्यापारीले बताएका छन् ।घोराहीमा रहेको निर्मला सुनचाँदी पसलका सन्चालक विनोद कुमार विश्वकर्माले सुनचाँदीको कारोवार ह्वातै घटेको बताएका छन् ।दाङ घोराही सुनचाँदी व्यवसायी समितिका अध्यक्ष समेत रहेका विश्वकर्माले कोरोना र महंगीकै कारण कारोवार हुन छाडेको हुन सक्ने बताएका छन् ।

दिनभरी पसल खोलेर बस्ने मात्रै भएको छ उनले भने सेवाग्राहीहरु आउनुहुन्छ सुनको मुल्य सोध्नुहुन्छ अनि बाहिरैबाट फर्कनु हुन्छ ।त्यसकारण अहिले कारोवार हुन नसकेको उनको भनाई छ । घोराहीमा मात्रै विगतका वर्षमा बार्षिक रुपमा कोटा अनुसार ३८ किलो देखी ५०÷६० किलो सम्म सुन खपत हुने गरेको थियो । तर यो वर्ष मासीक रुपमा मुस्किलले एक ÷दुई किलो सुन बजारमा खपत हुने गरेको उनले बताएका छन् ।कोरोनाका कारण आर्थिक संकट हुदा यसै समयमा सुनको भाउ महँगो हुदा व्यापार नभएको हो । जसले गर्दा यो वर्ष व्यापार व्यवसायी निकै ठुलो घाटामा परेको उनले बताएका छन् ।

प्रकाशित मिति : २०७७ भाद्र २ गते मङ्गलवार
प्रतिक्रिया