रतननाथ र नामीनगरमा सुरक्षा समिति गठन

तुलसीपुर, १ भदौ । तुलसीपुरको रतननाथ र नामीनगरमा संयुक्त टोल सुरक्षा समिति गठन गरिएको छ । तुलसीपुर उपमहागनरपालिका–५ का वडा सदस्य अजय बुढाथोकीको संयोजकत्वमा टोल सुरक्षा समिति गठन गरिएको हो ।

संयुक्त टोल सुरक्षा समितिको सहसंयोजकमा रतननाथ टोल विकास संस्थाका अध्यक्ष तुलसा पोख्रेललाई चयन गरिएको छ ।

१७ सदसीय टोल सुरक्षा समितिमा नेकपाबाट मिनराज भण्डारी, नेपाली कांग्रेसका पुर्ण प्रसाद धिताल, भिम केसी, सुशिल भण्डारी, विशाल बस्याल, गुरुप्रसाद चौधरी, सुबास पाख्रेल, नन्द प्रसाद डाँगी, भुमा वली, सन्दिप वैश्य, विनोद चौधरी, भुपेश डाँगी, तेजेन्द्र वली, वागविर रोकाय र हेमराज बुढा रहेका छन् ।

प्रकाशित मिति : २०७७ भाद्र १ गते सोमवार
प्रतिक्रिया