दाङमा आजदेखी रात्रिकालिन निषेधाज्ञा लागु हुदै

तुलसीपुर , १ भदौ ।
दाङमा कोरोना भाईरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै स्थानिय प्रशासनले रात्रिकालिन निषेधाज्ञाको घोषणा गरेको छ । आज (सोमवार ) साँझ सात बजेदेखी विहान पाँच बजेसम्म निषेधाज्ञा घोषणा गरिएको प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले जानकारी दिएका छन् । यो नियम आगामी भदौ ८ गते सम्म लागु हुने छ ।

जिल्ला प्रशासन कार्यालय दाङमा गएको शुक्रवार बसेको संकट व्यवस्थापन केन्द्रको वैठकले निशेषज्ञा जारी गर्ने निर्णय गरेको थियो । सो समयमा बजार, यातायात, भिडभाड र हिँडडुलमा समेत पूर्णरुपले रोक लगाईनेछ । प्रमुख जिल्ला अधिकारी रिजालका अनुसार अत्यावाश्यक सवारी साधन बाहेक अन्य सम्पुर्ण सवारी साधनमा रोक लगाईने छ ।

विशेषगरी चार्डपर्व नजिकीदै गर्दा नाँचगान, भिडभाड, सेमिनार जस्ता कार्यक्रमलाई लक्षित गरी यस्तो नियम लागु गरिएको बताईएको छ । नियम उल्लङघन गर्ने जोसुकै पनि कानुनी कारवाही गरिने प्रशासनले चेतवानी दिएको छ ।

प्रकाशित मिति : २०७७ भाद्र १ गते सोमवार
प्रतिक्रिया