१९ नम्बर बाहिनीका पूर्व बाहिनीपति पाण्डे उपरथीमा बढुवा

तुलसीपर । १९ नम्बर बाहिनी अड्डा तुलसीपुरका पूर्व बाहिनीपति विज्ञान देव पाण्डे उपरथीमा बढुवा भएका छन् ।

नेपाली सेनाका सहायक रथी पाण्डेलाई मन्त्रीपरिषदको बैठकले उपरथीमा बढुवा गरेको हो ।

उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी पाण्डेलाई प्रधानसेनापति पूर्णचन्द्र थापाले जंगी अड्डामा एक कार्यक्रमका बीच उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

यो संगै पाण्डेलाई श्री उत्तर पश्चिम पृतना हे।क्वा।को पृतनापतिको जिम्मेवारी दिईएको छ ।

प्रकाशित मिति : २०७७ साउन ३० गते शुक्रवार
प्रतिक्रिया