सिन्धुपाल्चोक पहिरोमा ३८ जना बेपत्ता, तीन जनाको शव भेटियो (नामावली सहित

सिन्धुपाल्चोक, ३० साउन । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा खसेको पहिरोमा ३८ जना बेपत्ता भएका छन्। गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठका अनुसार, दिउँसो साढे १२ बजेसम्म ३८ जना बेपत्ता भएको खुलेको हो।

आज बिहान खसेको पहिरोबाट तीन जनाको शव निकालिएको छ। तामाङ वस्तीमा पहिरो खसेकाले बेपत्ता हुने सवै तामाङ समुदायका छन्। स्थानीय सुरक्षा निकाय, गाउँपालिका र स्थानीयले बेपत्ता हुने ३८ जनाको नामावली भने संकलन गरेको छ।

लेक क्षेत्रमा पर्ने उक्त वस्तीमा १३७ परिवार छन्। त्यस मध्ये ३७ घरमा क्षति पुगेको गाउँपालिका अध्यक्ष श्रेष्ठले बताए।

पहिरोमा परी बेपत्ता हुनेहरुः
१. छबीलाल दोङ,

२.सोमरानी दोङ
३.धनलक्षमी
४.सीरमाया दोङ
५.विवरानी दोङ
६.साइली दोङ
७.बिबी लक्ष्मी
८.सानुकान्छा
९.साङलामो दोङ
१०सोनाम दोङ
११.हिरा भक्ती
१२.जिते झाक्री
१३.सानुकान्छी दोङ (गर्भवती)
१४.दिन्दुस दोङ
१५.सुरज दोङ
१६.करेसमाई दोङ
१७.च्यामा दोङ
१८सानु दोङ
१९.टिकामाई दोङ
२०.छिरीङ दोङ
२१.मानबहादुर दोङ
२२.जयबहादुर दोङ
२३.प्रिया दोङ
२४.प्रिती दोङ
२५.कान्छी दोङ
२६.सानुकान्छी दोङ
२७.वाङची लामा दोङ
२८.धनमाया तामाङ दोङ
२९.रेनीस दोङ
३०.मेकमाई दोङ
३१.मिलन दोङ
३२.विमला दोङ
३३.माइला पराङ
३४.प्रकाश दोङ
३५.साइली दोङ
३६.आयुस दोङ
३७.सुवास तामाङ
३८.टिकामाई दोङ

प्रकाशित मिति : २०७७ साउन ३० गते शुक्रवार
प्रतिक्रिया