सुन तोलामा ६ हजार बढीले घट्यो

तुलसीपुर, २८ साउन

सुन आज तोलामा ६ हजार ६ सय ५० रुपैयाँले घटेको छ । हिजो तोलामा एक लाख २ हजार एक सय रुपैयाँमा कारोबार भएको सुन आज  दाङमा  ९५ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको तुलसीपुर सुनचाँदी व्यवसायी संघका सल्लाहाकार मिनराज वलीले जानकारी दिए ।

सुन व्यवसाय गरेको १० बर्षको अन्तरालमा एकैपटक यसरी सुनको मूल्य घटेको पहिलो घटना भएको सल्लाहाकार वलीले बताए ।चाँदी भने २ सय २५ रुपैयाँले घटेको छ ।

प्रकाशित मिति : २०७७ साउन २८ गते बुधवार
प्रतिक्रिया