तुलसीपुर,१५ ।
नेकपा एमाले तुलसीपुर उपमहानगरपालीका वडा नम्बर ११ को पहिलो चरणको घरदैलो कार्यक्रम सम्पन्न भएको छ । जेठ ८ गते जस्पुर बाट सुरु भएको घरदैलो कार्यक्रम आज नवलपुरमा पुगेर समापन भएको हो । समापन अवसरमा बोल्ने बक्ताहरुले घरदैलो कार्यक्रम उत्साहजनक सहभागितामा समापन भएको बताएका थिए ।
घर घरमा पुगेर मत माग्दा मतदाताको समस्या लाई मध्यनजर गरी अघि बढ्ने उनिहरुको भनाई छ । सवैको मन जितेर एमाले विजयी हुने उनिहरुले बताएका थिए । कार्यक्रमको सहजिकरण हरीप्रसाद वलीले गर्नुभएको थियो । सो अवसरमा एमाले नेता शोभाराम बस्नेत,उपमेयरकि उम्मेद्धार माया आचार्य,वडा अध्यक्ष पदका उम्मेद्धार भागिराम चौधरी लगायतले बोल्नुभएको थियो । अव दोस्रो चरणको प्रचार प्रसारको कार्यक्रम आज तय गरीने वडा कमिटिले जनाएको छ ।
प्रकाशित मिति : २०७४ जेष्ठ १५ गते सोमवार