रोल्पामा मिनीट्रक पल्टिदा ४ जना घाईते

तुलसीपुर, २८ साउन

रोल्पामा मिनीट्रक पल्टिदा चालक सहित ४ जना घाईते भएका छन् ।

होलेरीबाट झ्याम तर्फ जाँदै गरेको रा१ख९९२ नम्बरको मिटी ट्रक सुकिदहमा पल्टिदा रुण्टिगढी गाउँपालिका–६ निबासी चालक ३० बर्षका वेद बहादुर केसी, सोही ठाउँ निबासी ७४ बर्षका राम बहादुर विक , ४३ बर्षका तील बहादुर वली र ३९ बर्षका शोमराज विक रहेका छन् ।

घाईते सबैको राप्ती प्रादेशिक अस्पताल तुलसीपुर उपचार भइरहेको उपचारमा संलग्न अहेव दिपक केसीले जानकारी दिनुभयो । मिनी ट्रक ब्रेक फेल भएर पल्टिएको चालकले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७७ साउन २८ गते बुधवार
प्रतिक्रिया