सल्यानमा १२ बर्षिय बालिकालाई करणी गरेको आरोपमा एक जना पक्राउ

दाङ, २८ साउन ।

बालिका करणी गरेको आरोपमा सल्यानमा एक जना पक्राउ परेका छन् । शारदा नगरपालिका वडा नम्वर ६ बरला बस्ने २७ बर्षिय प्रकाश परियारलाई प्रहरीले १२ बर्षिया एक वालिकालाई जवरजस्ती करणी गरेको आरोपमा पक्राउ गरेको जनाएको छ ।

कालिमाटी गाउँपालिका ३ घर भई सोहि ठाउँ बसेकी १२ कि बालिकालाई गएको आईतवार राती ललाईफकाई गरी विवाह गर्ने प्रलोभनमा पारी करणी गरेको आरोपमा उनलाई मंगलवार सांझ घरबाटै पक्राउ गरिएको सल्यान प्रहरीले जनाएको छ । पक्राउ परेका युवक विरुद्ध मुद्धा दर्ता गरी अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७७ साउन २८ गते बुधवार
प्रतिक्रिया