बलात्कार आरोपमा सशस्त्रका एसएसपी पूर्पक्षका लागि थुनामा

पोखरा, २७ साउन

बलात्कार गरेको आरोपमा पक्राउ परेका सशस्त्र प्रहरीका एसएसपी राजेन्द्रकुमार अधिकारीलाई कास्की जिल्ला अदालतले पूर्पक्षका लागि थुनामा पठाएको छ । आफ्नै क्वार्टरमा एक महिलालाई खाना खान बोलाएर बलात्कार गरेको अरोप लागेका अधिकारीलाई कास्की जिल्ला अदालतका न्यायाधीश दीपककुमार खरेलको इजलासले थुनामा राखेर मुद्धाको पूर्पक्ष गर्ने आदेश गरे बमोजिम उनी कास्की जिल्ला कारागार चलान भएका हुन ।

एक महिलालाई आफ्नै क्वार्टरमा बोलाएर जबरजस्ती गरेको उजुरीका आधारमा कास्की प्रहरीले असार ३१ (घटना भएकै दिन) मा अधिकारीलाई पक्राउ गरेको थियो । घटना भएको दिन दिउँसो ३ बजेतिर कन्ट्रोल रुममा २७ वर्षीया एक युवतीले रुँदै आफूलाई बोलाएर जबरजस्ती गरेको मौखिक उजुरी दिएकी थिइन् । प्रहरीले अधिकारीलाई झाडीमा लुकेको अवस्थामा कार्यालय परिसरमै भेटाएको थियो ।

प्रकाशित मिति : २०७७ साउन २७ गते मङ्गलवार
प्रतिक्रिया