कोरोनाकै कारण कृष्णजन्माष्टमीमा चहलपहल घट्यो

तुलसीपुर, २७ साउन 

विगतका वर्षमा भन्दा यस वर्ष श्रीकृष्ण जन्माष्टमी पर्वको चहलपहल घटेको छ । द्वापर युगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भगवान श्रीकृष्णको जन्म भएकाको सम्झनामा हरेक वर्ष ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व मनाउने गरिन्छ । कृष्ण भगवान मध्येरातमा जन्म भएको हुदा रातलाई ‘मोहरात्री’ भनिन्छ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने श्रीकृष्णको जन्मदिनमा विशेष गरी महिलाहरू ‘व्रत’ बसी रातभर जाग्राम बस्ने र श्रीकृष्णको आराधना गर्ने प्रचलन छ ।

कृष्ण जन्माष्टमीको दिन विभिन्न धार्मिक संघसंस्थाले झाँकीसहित शोभायात्रा निकाल्ने श्रीकृष्णको विभिन्न रूप दर्शाएको सचित्र झुला झुलाउने चलन छ । जसले गर्दा विगतका वर्षहरुमा दाङ सहित देशभरका कृष्ण मन्दिरहरूमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन, सांसकृतिक कार्यक्रम र मेला लाग्ने गरे पनि यस वर्ष कोरोना भाइरस संक्रमणको जोखिमका कारण देशभरका कृष्ण मन्दिरमा खासै चहलपहल छैन ।

जिल्लाका कृष्णमन्दिरहरुमा भक्तजनहरुले पुजापाठ गरेपनि कार्यक्रम तथा नाँचगान स्थगित भएका छन् । यता तुलसीपुर क्षेत्रमा रहेका त्रिशिद्धेश्वरी मन्दिर, कृष्णमन्दिर लगाएतका धार्मिक स्थलमा भिडभाड गर्न रोक लगाईएको छ । तर पुजाआजा गर्नेहरुको लागी व्यवस्था मिलाईएको बताईएको छ ।

प्रकाशित मिति : २०७७ साउन २७ गते मङ्गलवार
प्रतिक्रिया