रुसले कोरोना भाइरसको भ्याक्सिन बनाएपछि प्रशंसा

मनिला । कोरोना भाइरसको भ्याक्सिन बनाउन सफल रूसको फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले खुलेर प्रशंसा गरेका छन् । उनले रूसको भ्याक्सिन ट्रायलमा सहभागी हुने पनि इच्छा व्यक्त गरेका समाचार एजेन्सी रोयटर्सले जानकारी दिएको छ ।

फिलिपिन्सका राष्ट्रपतिले रूसले तयार गरिहरेको भ्याक्सिनको पहिलो प्रयोग आफूमा गर्न सकिने पनि प्रस्ताव गरेका छन् । रूसले फिलिपिन्सलाई यो भ्याक्सिन उपलब्ध गराउने प्रतिवद्धता गरेको छ । फिलिपिन्समा पनि रूसको भ्याक्सिनको उत्पादन गर्न सकिने बताइएको छ । फिलिपिन्समा अहिलेसम्म कोरोना भाइरसबाट एक लाख ३६ हजार ६३८ जना संक्रमित भइसकेका छन् ।

प्रकाशित मिति : २०७७ साउन २७ गते मङ्गलवार
प्रतिक्रिया