प्रहरीले सार्वजनिक गर्‍यो गोंगबु हत्याकाण्डमा संलग्न आरोपी

काठमान्डौ, २७ साउन

प्रहरीले गोंगबु हत्याकाण्डमा संलग्न अभियुक्तलाई सार्वजनिक गरेको छ। तीन दिनअघि गोंगबुुमा भएको एक पुुरुषको हत्या घटनामा आमाछोरीको संलग्नता रहेको निस्कर्षमा पुगेको प्रहरीले आज एकजनालाई सार्वजनिक गरेको हो।

सो आरोपमा प्रहरीले ३७ वर्षीया कल्पना मुडभरी (पौडेल) लाई चितवनबाट पक्राउ गरेको जनाएको छ। गत आइतबार दाङका कृष्णबहादुर बोहोराको हत्या गरिएको कोठामा डेरा गरी बस्ने कल्पना र उनकी १५ वर्षीया छोरीलाई चितवनबाट पक्राउ गरेको प्रहरीले जनाएको हो।

उनीहरुको बयानका आधारमा प्रहरी उनीहरुले नै हत्या गरेको निस्कर्षमा पुुगेको हो।

प्रकाशित मिति : २०७७ साउन २७ गते मङ्गलवार
प्रतिक्रिया