भरतपुर खानेपानीको अत्याधुनिक कार्यालय भवन शिलान्यास

दाङ, २७ साउन ।

दाङको घोराही उपमहानगरपालिका वडा नं १५ मा रहेको भरतपुर खानेपानी उपभोक्ता तथा सरसरफाई संस्थाको अत्याधुनिक कार्यालय भवन शिलान्यास गरिएको छ ।भरतपुर सह—लगानी खानेपानी तथा सरसफाई आयोजना अन्र्तगत करिव एक करोड रुपैयाको लागतमा निर्माण हुन लागेको दुई तले भवनको भरतपुर खानेपानी संस्थाका अध्यक्ष शंकर गौतमले भवनको शिलन्यास गरे ।
भरतपुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था र खानेपानी तथा ढल ब्यवस्थापन आयोजना बुटवलबिच भएको सह—लगानीको अवधारणा अनुसार निर्माण भइरहेको खानेपानीको नयाँ योजना अनुसार निर्माण शुरु गरिएको कार्यालय भवनको मंगलवार संस्थाक अध्यक्ष शंकर गौतम, उपाध्याक्ष जंगबहादुर जि.सी र सचिव एकेन्द्र रानाले संयुक्त रुपमा पूजापाठ गरे ।
घोराही उपमहानगरपालिका वडा नं १५ र १७ का करिव २ दुइ हजार २ सय घरधुरीमा चौविसै घण्टा खानेपानीको धारो उपलब्ध गराउने गरी थालिएको आयोजनामा सरकारको ७० प्रतिशत र ३० प्रतिशत जनसहभागितामा लगानी रहेको छ । १८ करोड ४ लाख ४७ हजार ५८ रुपैया कुल लागत रहेको उक्त आयोजना आगामी २०७८ सालको असारसम्म सम्पन्न गर्ने गरी काम भइरहेको भरतपुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष शंकर गौतमले जानकारी दिए ।

प्रकाशित मिति : २०७७ साउन २७ गते मङ्गलवार
प्रतिक्रिया