कर्तव्य ज्यान मुद्धामा फरार एक जना २२ वर्ष पछि पक्राउ

दाङ, २७ साउन ।

कर्तब्य ज्यान मुद्दाका फरार प्रतिबादी २२ बर्ष पछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा सल्यान साविक निगाल्चुला गाविस वडा नम्वर २ घर भई हाल सुर्खेत गुर्भाकोट नगरपालिका वडा १ बस्ने ६६ बर्षिय ईन्द्रे कामी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । उनलाई घरमै लुकीछिपी बसेको भन्ने गोप्य सचुनाको आधारमा प्रहरीले गएको आईतवार पक्राउ गरेको हो ।

उनले २०५५कात्तिक ५ गते भाईटिकाको दिन सल्यान साविक निगाल्चुला गाविस वडा नम्वर २ बस्ने २३ बर्षिय मन बहादुर कामीलाई कुटपिट गरी हत्या गरेर फरार भएका थिए । सामान्य विवाद हुदा उनले मन बहादुरलाई बन्चरो प्रहार गरी बिभत्स हत्या गरी नरसिंह कामीको घरबाट झन्डै दुई किलोमिटर टाढा जंगलमा लगेर शवलाई गाडेको प्रहरीले बताएको छ ।

सोहि घटनामा उनी विरुद्ध जिल्ला अदालत सल्यानले दोषि ठहर गदै २० बर्ष कैद सजायको फैसला गरेको थियो ।पक्राउ परेका ईन्द्रेलाई अदालत उपस्थित गराईसकेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

प्रकाशित मिति : २०७७ साउन २७ गते मङ्गलवार
प्रतिक्रिया