बोहराको हत्या आरोपमा एक महिला पक्राउ

काठमान्डौ, २६ साउन

दाङका कृष्णबहादुर बोहराको हत्या गरेर फालेको आरोपमा प्रहरीले एक महिलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चितवन टाँडीस्थित माधवपुर निबासी कल्पना शाही रहेको प्रहरी स्रोतले बताएको छ ।

आइतबार विहान बोहराको शरीरको मुख्य भाग सुटकेशमा तथा टाउको र खुट्टा जेब्रा झोलामा फेला परेको थियो । हत्या गरिएका बोहरा नयाँ बजारस्थित एक गार्मेन्टमा काम गर्थे ।

प्रकाशित मिति : २०७७ साउन २६ गते सोमवार
प्रतिक्रिया