उद्योगबाणिज्य संघद्धारा विभिन्न व्यक्तित्वलाई सम्मान

तुलसीपुर, २६ साउन ।
तुलसीपुर उद्योग वाणिज्य संघले विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरेको छ । संघले सोमवार एक कार्यक्रमको आयोजना गरी पाँच नम्वर प्रदेशसभा सदस्यमा मनोनित सांसद शंकर प्रसाद गिरी, भुमि संवन्धि समस्या समाधान आयोगमा नियुक्त भएका केन्द्रिय सदस्य शोभाराम बस्नेत र नेपाली कांग्रेसको यातायात विभागमा केन्द्रिय सदस्यमा मनोनित भएका शुरेश हमाललाइ संयुक्त रुपमा सम्मान गरेको हो ।
संघका अध्यक्ष वीर वहादुर रावतको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा बोल्दै बक्ताहरुले दाङको विकासको साझा मुद्धालाइ समझदारी र सहकार्यमा अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् । साथै उनीहरुले तुलसीपुर खानेपानी तथा तुलसीपुर उद्योग वाणिज्यसंघमा पनि निर्विरोध रुपमा साझा नेतृत्व चयन गर्न पनि सुझाएका थिए ।

सम्मान कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य शंकर प्रसाद गिरीले आफुले दाङ लगायत ५ नंवर प्रदेशका जनताबाट पाएको समानुपातीक मतको सम्मान गर्दै दाङको विकाशमा सधै प्रतिवद्ध रहने बताए । एक अर्को प्रसंगमा प्रदेशसभा सदस्य गिरीले सरकार आफ्नै अन्तरकलहमा गुज्रिरहेकाले मुलुक गम्भीर रुपमा असहज परीस्थीतिमा मोडिन थालेको भन्दै सरकारलाइ जनमतको सम्मान गर्न पनि सुझाव दिए ।
सम्मान कार्यक्रममा भुमि संबन्धि समस्या समाधान आयोगका केन्द्रिय सदस्य शोभाराम बस्नेतले अव्यवस्थीत बसोबास रहेका जिल्लाका सवै भुभागमा भुमिहिनहरुको वास्तवीक लगत लिन थालेको बताउंदै संघिय संसदले भुमिहिन संबन्धि विधेयक पारीत गर्नासाथ आफुले पनि जिल्लामा काम थाल्ने बताए ।

कार्यक्रममा नेपाली कांग्रेसको केन्द्रिय यातायात विभागमा नवनियुक्त केन्द्रिय सदस्य शुरेश हमालले आफ्नो यातायात क्षेत्रमा क्रियाशिल लामो समयसम्मको अनुभवलाइ पार्टिले उच्च मुल्यांकन गरेकोमा केन्द्रिय समितिलाइ धन्यवाद व्यक्त गरे ।कार्यक्रममा वाणिज्य संघका निवर्तमान अध्यक्ष विमल रिजाल, प्रेस सल्लाहकार शरद रेग्मी लगायतले बोलेका थिए । संघका महासचिव रुप वहादुर खत्रीले सहजीकरण गरेको कार्यक्रममा उपाध्यक्ष रामप्रसाद चालिसेले धन्यवाद ज्ञापन गरेका थिए ।

प्रकाशित मिति : २०७७ साउन २६ गते सोमवार
प्रतिक्रिया