रोल्पामा एक पुरुष मृत फेला

दाङ, २६ साउन ।

रोल्पामा एक पुरुष मृत फेला परेका छन । जिल्लाको परिवर्तन गाउँपालिका ६ टुनिडाँडा बस्ने बर्षिय दल बहादुर बुढा आईतवार बेलुकी आफनै घरमा मृत फेला परेको प्रहरीले बताएको छ ।

साथै उनी मृत फेला परेको स्थानमा ANTH 505 नामक विषादीको ३ वटा खालि डिब्बा फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

प्रहरीका अनुसार अत्यधिक मादक पदार्थ सेवन गरेकै कारण मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ । घटनाको विषयम थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७७ साउन २६ गते सोमवार
प्रतिक्रिया