एक जुट हुदै पुर्व जनमुक्ति सेना 

तुलसीपर, २५ साउन ।

पुर्व जनमुक्ति सेना संघ नेपालका केन्द्रिय उपाध्यक्ष भिम बहादुर केसीले पुर्व जनमुक्ति सेनाहरु एक जुट हुनुपर्नेमा जोड दिएका छन् । जनमुक्ति सेनाले समाज परिवर्तनका लागी त्याग र तपस्या गरी हजारौ बलिदान दिादा पनि आफुहरुको समस्या उस्तै भएकाले छरिएर रहेका सम्पुर्ण जनमुक्ति सेना एक हुन जरुरी रहेको उनको भनाई छ ।

 बेलझुण्डीमा सम्पन्न भएको प्रदेश नम्वर ५ दाङ जिल्ला भेलालाई सम्वोधन गदै उनले यस्तो बताएका हुन् । अझै मुलुकमा भ्रष्टाचार, बलात्कार, हिसां, हत्या र अत्याचार जस्ता घटनालाई भईरहेको बताउदै उनले यसका विरुद्ध पुर्व जनमुक्ति सेना एकढिक्का भएर लाग्नु पर्ने बताएका छन् । समाज परिवर्तनका लागी आफुहरुले भण्डाफोर गदै अघि बढ्ने उनले बताएका छन् ।भेलाले लाल बहादुर बुढाको संयोजकत्वमा ११ सदस्यिय जिल्ला भेला आयोजक कमिटि गठन गरिएको छ ।

जसको सहसंयोजकमा सेर बहादुर कुसारी (गौरव), सदस्यहरुमा टिका राणा(बन्दना), रेखा खड्का(रेखा),प्रेम बहादुर राना(प्रदिप), कमला विक(कमला), बृहस्पती सुनार(विचार), सर्मिला चौधरी (रेनु) र धनराज खड्का(अमृत) लगाएतका चयन भएका छन् । साथै कमिटिले जिल्ला भेलाका लागी दश वटै पालिकामा कमिटि विस्तार गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : २०७७ साउन २५ गते आइतवार
प्रतिक्रिया